विकास र समृद्धिका लागि नेतृत्व परिवर्तन आवश्यक
“
कार्तिक २७, काठमाडाैं । बाम गठबन्धनका उम्मेदवारले सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानका क्रममा दुहवी र बर्जुमा सञ्चालन गरेको घरदैलो तथा कोण सभामा स्थानीय जनताहरुले सुनसरीको क्षेत्र नं. ३ मा विकास र सर्मद्धीका लागि नेतृत्व परिवर्तन आवश्यक रहको बताएका छन् ।
आम मतदाताले २२ वर्ष देखी यस क्षेत्रमा एकल सर्वसत्तावाद हाबी रहेका कारण जनताले चाहेका र सोचेका विकासका कामहरू हुन नसेको बताएका हुन् । नेतृत्व अरूलाई हस्तान्तरण गर्ने अवस्थामा आफू मात्रले जनतालाई भ्रममा राखी पैसाको लोभ लालचमा पारेर शासन गर्न खोज्नु अशोभनिय हुने उनीहरूले बताएका थिए । विगतको नेतृत्वबाट अबको विकास हुन नसक्ने ठोकुवा गर्दै अबको नेतृत्व भगवती चौधरीले लिनु पर्ने बताएका थिए ।
बर्जुमा स्थानियहरुले बर्जु तालको संरक्षण र विकास, थारु कला र संस्कृतिको संरक्षण, बृद्धा आश्रमको निर्माण, बाटोघाटोको निर्माण लगायतका कामहरू विगतको नेतृत्वले नगरेकाे भन्दै अबको विकास विगतको नेतृत्वबाट हुन नसक्ने भएकाले भगवती चौधरीको उम्मेदवारीले विकासको आशा पलाएको बताएका थिए ।
चौधरीले जनताले दिएको एक एक अभिमतको कदर गर्दै आफू जनताका माँझमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा दुहवी र वर्जुबाट लोकतान्त्रिक फोरम, काँग्रेस लगायतका पार्टी परित्याग गरी सयजना नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई बाम गठबन्धनकाे तर्फबाट उम्मेदवार रहेकी चौधरीले फूलमाला तथा अबिर लगाएर स्वागत गरेकी थिइन ।
एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए । उनीहरूले आफूहरू रहेको पार्टीमा तानाशाही प्रबृति रहेको र जनताको समस्याहरूको उचित सम्बाेधन नगरिएको कारण एमाले प्रवेश गरेकाे बताएका थिए ।
“