लायन्स क्लब अफ काठमाण्डौ चन्द्रागिरिकाे अध्यक्षमा बानियाँ 

बैशाख १६,  काठमाडौँ । लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरिकाे अध्यक्षमा समाजसेवी राजेन्द्र विक्रम बानियालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरिएकाे छ । 

 

अर्न्तराष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी ३२५ ए १ को बैठकवाट बानियाँलाई वर्ष २०१९/२०२० को लागि अध्यक्ष चयन गरेकाे हाे । 

null

हालका अध्यक्ष रेशमलाल दवाडीकाे अध्यक्षतामा सुरू भएकाे बैठकमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरि संस्थापक अध्यक्ष तथा चन्द्रागिरिका नगर प्रमूख घनश्याम गिरी, गिरी, निवर्तमान अध्यक्ष मनमायॉ गिरी तथा सम्पुर्ण पदाधिकारी तथा लायनहरूकाे उपस्थिती  रहेकाे थियो। 

उक्त बैंठकबाट प्रथम उपाध्यक्ष राजेन्द्र विक्रम बानिया सर्वसम्मतले अध्यक्षमा चयन भएका छन् भने प्रथम उपाध्य़क्षमा जयराम लुईटेल चयन भएकाे वताईएकाे छ ।आगामी जुलाई २०१९ बाट १ वर्षका लागि यो सर्वसम्मत निर्वाचित टिमले अर्न्तराष्ट्रिय लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरि ३२५ ए १ को नेतृत्व गर्नेछ। 

बानियाँ राष्ट्रिय मालवाहक ट्रक तथा टिफर महासंघका महासचिव , नेपाली काँग्रेस चन्द्रागिरि नगरलसचिव, उद्योग बाणिज्य संघ चन्द्रागिरिका अध्यक्ष लगायत थुप्रै संघ संस्थामा नेतृत्वदायी भूमिका निभाई सकेका छन् । सामाजिक काममा सधै अहाेरात्त्र सक्रिय राजेन्द्रलाई कार्यकालकाे शुभ कामना । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *