अनुहारको कालाे दाग हटाउन अण्डाको सेतो भाग यसरी प्रयाेग गर्नुहाेस्
चैत ५ । अण्डा मन नपराउँने सायदै बिरलै होला । अण्डा सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले पनि एकदम फाईदा हुन्छ । अण्डा धेरै कुराको लागि गुणकारी छ यो खानुमा जति स्वादिष्ट हुन्छ त्यती नै हाम्रो स्वास्थ्य र सौन्दर्यको मामिलामा पनि फाईदा जनक छ । धेरैलाई थाहा नहोला अण्डाको माध्यमबाट पनी हाम्रो सुन्दरतामा निखार ल्याई दिन्छ । अण्डाको सेतो भाग अनुहारको सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको धेरै समस्याको समाधान गर्ने छालामा भएका कालो दागलाई हटाएर सफा बनाउन मद्दत गर्छ । अण्डाको प्रयोगबाट कसरी सुन्दर बन्न सकिन्छ तल बताइएकाे छ ।
अण्डाको सेतो भागको फाइदा
null
कालो दाग हटाउनविभिन्न प्रकारका कस्मेटिकको प्रयोगले गर्दा आजभोलि हरेकको समस्या भएको छ कालो दाग (ब्लाकहेड्स) । अनुहारमा आउने कालो धब्बा लामो समयसम्म नजाँदा धेरैलाई हैरान बनाएको पाइन्छ । जसको लागि अण्डाको सेतो भागको प्रयोग गर्न सकिन्छ ।
अनुहारको रौं हटाउन अण्डाको सेतो भाग लगाउँदा अनुहारमा आएका अनावश्यक रौं हट्दै जान्छ । यसले अनावश्यक रौं हटाउनुका साथै छालालाई कसिलो बनाउन पनि मद्दत गर्छ ।
चिप्लो छालाको लागि अनुहारमा भएका खुल्ला छिद्रहरु पुर्न अण्डाको सेतो भागको प्रयोग उचित हुन्छ । साथै यसले अनुहारमा भएको अनावश्यक फोहोरको पनि सफाई गर्छ । अण्डाको सेतो भाग अनुहारमा लगाएर चिसो पानीले धुने गर्दा अनुहारमा आउँने अनावश्यक तैलियपन कम गराउँछ ।
कसरी प्रयोग गर्ने ?
अण्डाको सेतो भाग र महअण्डाको सेतो भागमा मह मिसाएर पेस्ट बनाउँने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।
बेकिङ सोडा र अण्डाको सेतो भागकालो धब्बा हटाउनको लागि २ चम्चा बेकिङ सोडामा एउटा अण्डाको सेतो भाग मिसाउने र पेस्ट बनाउने । लगाएको ५ मिनेटसम्म विस्तारै मसाज गर्ने र १० मिनेटपछि पानीले पखाल्ने ।
चिनीको स्क्रब र अण्डाको सेतो भागएक चम्चा चिनीमा दुई वटा अण्डाको सेतो भाग मिसाउने र अनुहारमा लगाएर सर्कुलर मोसनमा बिस्तारै मसाज गर्ने १० मिनेट पछि मिच्न छोड्ने र पानीले पखाल्ने ।