‘प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो’ डा. शेखर

कात्तिक १७, काठमाडाैं । उपनिर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विना कारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । 

ओली सरकारले आज सातै प्रदेशका प्रदेश प्रमुखलाई अप्रत्यासित रुपमा हटाएको प्रति आक्रोस ब्यक्ति गर्दै डा. कोइरालाले उक्त कुरा बताएका हुन् । 

‘प्रदेश प्रमुख हटाउन पाउने संबैधानिक अधिकार सरकारलाई छ । कि सरकार गठन लगत्तै हटाउनु पर्दथ्यो तर अहिले आएर गरिएको यो निर्णयले हामीलाई गम्भिर बनाएको छ ।’ डा. कोइरालाले भनेका छन् ।   

सरकारको यो निर्णयले सहकार्यको राजनीतिको ढोका बन्द गर्ने काम गरेको डा. कोइरालाको भनाई छ । उनले संघियतालाई असफल बनाएर मुलुकलाई फेरी द्धन्द्वमा लैजाने खेल सरकारबाटै भैरहेको जिकिर समेत गरेका छन् । 

यो घट्नाले ‘चेक एण्ड ब्यालेन्स’ को सिद्धान्तलाई समेत कुल्चने प्रयास गरेको डा. कोइरालाको धारणा छ । राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकबाद तर्फ अगाडी बढिरहेको कोइरालाको तर्क छ ।   

सरकारले भने निर्वाचन आचारसंहिता विपरित देउवा सरकारले प्रदेश प्रमुखहरुको नियुक्ति गरेको भन्दै पद मुक्त गरिएको बताएको छ ।   

सरकारको यो कदमलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत विरोध जनाउँदै भोली दलका नेताहरुसँग परामर्श गरेर पार्टीको धारणा र आगामी कदम कस्तो रहने निर्णय गर्ने बताइसकेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *