गुणस्तरहिन नाला निर्माण गर्दा स्थानीयले भत्काए

 

पुस २, विराटनगर । बिराटनगर–७ मा मापदण्ड विपरित निर्माण गरिएको कम गुणस्तरको नाला स्थानियले भत्काउन लगाएका छन् । बिराटनगरको वडानम्बर २ र ७ को सिमानामा पर्ने बिजुली अफिस जाने पूर्वपश्चिम बाटोमा मापदण्ड बिपरीत कम सिमेन्ट प्रयोगगरि बनाउन लागिएको नाला स्थानियले भत्काउन लगाएका हुन् । 

हाल नाला निर्माणको काम चलिरहेको सो ठाउँमा गुणस्तर बिपरित थोरै सिमेन्ट प्रयोगगरि बुधबार जोडाई गरिएको नाला आफै भास्सिन लागेपछि आफुहरुले भत्काउन लगाएको स्थानिय भरत ठाकुरले जानकारी दिए । ठेकेदार पक्षले नाला जोडाइको क्रममा कम्ती सिमेन्ट प्रयोग गरेको आफुहरुले थाहा पाएर बिरोध गर्दा समेत जोडाइ गरिएका कारण नाला भास्सिन थालेपछि आफुहरुले भत्काउन लगाएको उनले जानकारी दिए । 

null

 

स्थानियवासीको जानकारीपछि निर्माणस्थलमा पुगेका बिराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको दुइ लेयरमा समस्या देखिएकोले भत्काएर पुन बनाउन लगाइएको बताए । उनले गुणस्तर विपरीत हुने कामप्रति आफुहरु सजग रहेको समेत दाबी गरे । बिराटनगरमा जारी क्षेत्रिय शहरी विकास परियोजना अन्र्तगत सो नाला निर्माण हुँदैछ । उक्त परियोजना अन्र्तगत बिराटनगरभित्र ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुँदै छ । 

२०१७ नोभेम्बरमा शुरु भएको परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ । सघन शहरी विकास विकास कार्यक्रम अन्तर्गत रु ६२ करोड र साना तथा मझौला शहर वातावरणीय विकास परियोजना अन्तर्गत दुई अर्ब ९५ करोडको लागतमा सडक कालोपत्रे हुनेछ । त्यसैगरी २ अर्व ६२ करोडको लागतमा क्षेत्रिय बिकास परियोजना अन्तर्गत नाला तथा सडक निर्माण कामपनि भइरहेको छ । 

आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भएको उक्त परियोजना अन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्रे, दुबैतर्फ नाला निर्माण गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *