चितवन निकुञ्जमा एक वर्षमा ४३ वटा गैडा मरे

 

असार ३०, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७५/०७६ मा ४३ वटा गैडा मरेका छन् । 

विभिन्न कारणले गैडाको मृत्यु भएको यो नै उच्च संख्या हो । चितवन निकुञ्जले सोमवार भरतपुरमा पत्रकारहरुसंग गरेको अर्न्तक्रिया कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले यो तथ्यांक सार्वजनिक गरेका हुन् । 

null

निकुञ्जको कोर एरियामा ३४ वटा ,मध्यवर्ती क्षेत्रमा ७ र डिभिजन वन कार्यालयको सामुदायिक वन क्षेत्रमा २ वटा गैडाको मृत्यु भएको हो । यसअघि एक वर्षमा वढिमा २५,२६ वटा मात्रै गैडा मर्ने गरेका थिए । प्राकृतिक कारण ,गैडा गैडा जुधेर धेरै गैडा मरेका प्रमुख संरक्षण अधिकृत ढकालले वताए । 

प्राकृतिक कारणले गैडाको संख्या मर्ने क्रम नरोकिएपछि सरकारले अध्ययन गर्न समितिनै वनाएको छ । यो अवधिमा ८ वटा बाघ,१४ वटा चित्तल, ३ वटा वदेल र ९ वटा घडियाल गोही समेत मरेको निकुञ्जले जनाएको छ । यो वर्ष वन्यजन्तु र मानवबीचको द्धन्द्धका कारण ११ जनाको मृत्यु भएको छ । जंगली हात्तीबाट ६ जना,बाघबाट २ जना,गैडाबाट २ जना,मगर गोहीबाट १ जनाको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले वताए । धेरै जसो घटनाहरु मानविय कारणले भएको उनको दावी छ । 

१ लाख ८५ हजार पर्यटक भित्रिए  

वन्यजन्तु मार्फत पर्यटन प्रर्वधन हुदै आएको चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा १ लाख ५ हजार भन्दा वढि पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षमा १ लाख ८५ हजार ६४४ जना पर्यटक निकुञ्ज भित्रिएका हुन् । 

जस मध्ये ४४ हजार ५१२ नेपाली,२४ हजार ७३ सार्क देश र १ लाख १६ हजार ३९४ विदेशी पर्यटक रहेका छन् । गत आर्थिक वर्षमा १ लाख ५२ हजार ६७१ जना पर्यटक निकुञ्ज भित्रिएका थिए । पर्यटक शुल्क वापत २९ करोड १० लाख ९७ हजार ८२३ रुपैया राजस्व संकलन भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *