नेपाल प्रहरीकाे कन्त विजाेकः गर्मीमा लामखुट्टेले टोक्ने, जाडोमा लाउने पाइन्ट नै छैन

 

साउन ४, काठमाडौं । नेपाल प्रहरीले आब्हान गरेको खरिद टेन्डर मध्ये प्रायः सबै सामानहरु आर्थिक वर्ष २०७५/७६ भित्रै आपूर्ति भएको स्रोतले बताएको छ । 

२०७६ असार मसान्त भित्रै सप्लायर्सहरुले सामान आपूर्ति गरेको बताइन्छ । नेपाल प्रहरीको प्रबन्ध स्रोतका अनुसार, केही सप्लायर्सहरुले भने गुणस्तरहीन र नमुना अनुसारका सामान नल्याएकाले टेन्डर रद्द गर्नु परेको छ । 

null

नेपाल प्रहरीको प्रबन्ध स्रोतका अनुसार, नमुना अनुसारको झुल सप्लाई नगर्ने ठेकेदार रञ्जन कडरियाको कम्पनी युरोएसियाले सप्लाइको ठेक्का पाएको २४ हजार झुलको ठेक्का रद्द गरिएको छ । 

राजन कडरियाले नमुना अनुसारको झुल सप्लाई नगरेर ठग्न खोजेकाले टेन्डर नै रद्द गर्नु परेको प्रहरी स्रोतले बताएको छ । लगभग रु. एक करोडको झुलको ठेक्का रद्द हुँदा प्रहरीले लामखुट्टे लाग्ने यो गर्मीको मौसममा समस्या भोग्नु पर्ने भएको छ । 

स्रोतका अनुसार, यो पटकको सप्लाई ठेक्कामा नेपाल प्रहरीको रैथाने सप्लाई ठेकेदार राजमान मिश्रको कम्पनीले पाएको २६५०० मिटर उलन पाइन्टको कपडाको ठेक्का पनि नेपाल प्रहरीको प्रबन्धले रद्द गरेको छ । 

लगभग रु तीन करोडको उलन कपडाको ठेक्का पनि गुणस्तरहिन भएकाले रद्द गर्नु परेको स्रोतले बताएको छ । यो ठेक्का रद्द हुँदा जाडोको समयमा नेपाल प्रहरीका कर्मचारीहरुले उलनको पाइन्ट लाउन नपाउने भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *