आज दशैंकाे टिकाकाे दिनः माैसम ठिक नभएपनि चिन्ता लिनुपर्दैन

असाेज २१, काठमाडाैं । आज (मंगलबार) बिहानैदेखि मौसम देशैभर बदली भएको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दसैंको मुख्य दिन टीका लगाउने दिन हो। त्यसैले टीका लगाउन आफ्ना आफन्तकहाँ जान पर्नेहरूलाई मौसमले समस्या पार्ने हो कि भन्ने चिन्ता छ। 

‘आज मौसम अलि डिस्टर्ब डिस्टर्ब नै छ, तर त्यस्तो आत्तिनपर्ने अवस्था छैन।’मौसमविद् विभूति पोखरलले भनिन् । उनका अनुसार आज मध्य तथा पूर्वी क्षेत्रका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। पश्चिमका पनि एक/दुई स्थानमा पानी पर्ने मौसमी संकेत रहेको उनले बताइन्। 

‘अपराह्नपछि मध्य र पूर्वका अलि बढी र पश्चिमका एक/दुई ठाउँमा वर्षा हुने सम्भावना देखिएको छ,’ मौसमविद् पोखरेलले नेपालखबरसँग भनिन्, ‘हल्कादेखि मध्यमसम्मको छोटो समयको वर्षा हुने देखिन्छ।’ 

null

मौसम महाशाखाका अनुुसार पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य तथा पश्चिमी वायुका कारण पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली भई हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको हो। 

काठमाडौं उपत्यकामा आज वर्षाको धेरै सम्भवाना नरहे पनि अपराह्नपछि ठाउँ ठाउँमा क्षणिक वर्षा हुने संकेत देखिएको मौसमविद् पोखरेलले बताइन्। आज राति पनि मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

पानी पार्ने प्राकृतिक प्रणाली मनसुन नेपालबाट अझै नबाहिरिएकाले मौसम बदली र पानी पर्ने क्रम जारी रहेको हो। मौसमविद्का अनुसार मनसुन बाहिरिन मनसुनी अर्थात् पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ। 

तर अहिलेसम्म त्यसो हुन नसकेकाले मनसुन अझै केही दिन रहने देखिएको छ। यो प्रणाली दिनप्रतिदिन कमजोर हुँदै गएकाले त्यस्तो लामो झरी वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *