यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार बराललाई

 

विराटनगर, साउन १६ । विराटनगरका राजनितिज्ञ, शिक्षाप्रेमी तथा समाजसेवी गुरुप्रसाद बराललाई यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा विहिबार आयोजना गरेको कार्यक्रमकाबीच बराललाई सो पुरस्कार प्रदान गरिएको छ । 

प्रदेश एकका प्रमुख प्रा.डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले बराललाई सम्मानपत्र र ५० हजार रुपैयाँ नगद राशी सहितको सो पुरस्कार प्रदान गरे । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा सो पुरस्कार प्रदान गरिंदै आएको छ । 

null

शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको कदरस्वरुप बराललाई सो पुरस्कार प्रदान गरिएको हो । मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ब्यक्तित्वहरुलाई प्रदान गरिंदै आएको सो पुरस्कारको २५ औं श्रृखला बराललाई प्रदान गरिएको हो । 

कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य जयराम यादव, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठलगायतका ब्यक्तिहरुको उपस्थिति थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *