ठेकेदारी प्रथाबाट मत माग्ने र खसाल्ने चलनले विकासमा पछाडि
“
कार्तिक २९, सुनसरी । चुनावी अभियानका क्रममा बर्जुको विभिन्न ठाउँ पुगेका चौधरीले बाटोघाटो, पुल, कल्भर्ट, नाला, सिचाई लगायतका भौतिक निर्माणका काममा केही सुधार नभएकाले जनताको जीवन स्तरमा केही परिवर्तन हुन नसकेको बताएकी छन् ।
उनले शिक्षा, स्वास्थ्यका क्षेत्रमा यस क्षेत्रको जनताका सुधारका लागि केही उल्लेखनीय काम हुन नसकेकोमा दुःख समेत व्यक्त गरिन् । विश्व एकाईसौ सत्ताव्दीमा प्रवेश भएका बेला र सुनसरी निर्वाचन क्षेत्र तिनसँग जोडिएको छिमेकी मुलुक भारत तीव्र विकास भई रहँदा यस क्षेत्रमा भने विकासका नाममा सिन्को समेत नभाचिएकोमा सुनसरी निर्वाचन क्षेत्र तिनकी बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले चिन्ता व्यक्त गरेकी हुन् ।
उनले अहिले पनि त्यस क्षेत्रका जनता खुलेर बाेल्न नपाएका र आफूले चाहेका उम्मेदवारलाई मत हाल्न नदिने परिपाटी कायम रहेकाले लोकतन्त्रको लागी ठुलो चुनौती भएको दुःख व्यक्त गरिन् । उनले ठेकेदारी प्रथाबाट मत माग्ने र खसाल्ने चलन रहेकाले जनताको अभिमतको अवमुल्यन भएको बताइन । पैसा दिएर मतकिन्न खोज्नेले पछि पैसा कमाउन लाग्ने तर विकास नगर्ने भएकाले यस क्षेत्रमा विकास हुन नसकेको बताउँदै यसपालि भने जनतालाई पैसाको प्रलोभनमा नफस्न आग्रह गरिन ।
चौधरीले नेपालमा प्रजातन्त्र आएको दशकौ भई सक्दा पनि यस क्षेत्रको दक्षिणी भेगका जनतामा त्यसको अनुभूत हुन नसकेको दाबी गरिन् । यसपालिको निर्वाचनमा यस क्षेत्रका जनता आफ्नो पक्षमा रहेकाले मेरो जीत सुनिश्चित रहेको दाबी गर्दै मेरो जीतले मात्र प्रजातन्त्रको अनुभूत हुने भएकाले सम्पूर्ण पक्षलाई सजग र सक्रिय रहन आग्रह समेत उनले गरिन् ।
उक्त कार्यक्रममा विभिन्न पार्टी नेता कार्यकर्ता पार्टी परित्याग गरी ५० जनाले एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई सुनसरी क्षेत्र नं. ३ का तर्फबाट बाम गठबन्धनकी साझा उम्मेदवार तथा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले अविरमाला लगाए पार्टी प्रवेश गराएकी थिइन् । नवप्रवेशीहरुले विकास, समृद्धि र राजनीतिक स्थिरताका लागि एमाले आवश्यक रहेकाले आफू एमाले प्रवेश गरेको बताए । नवप्रवेशीहरुले तीन नम्बर क्षेत्रबाट पटक पटक जीतेका विजयकुमार गच्छदार अवसरवादी र सत्ता भोगी मात्र रहेकाले यो क्षेत्रको विकास र सम्वृद्धिका लागि भगवती चौधरीको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।
“