सनराइज बैंक तथा सिर्जना फाइनान्सबीच (acquisition) गर्ने सैद्धान्तिक सहमति

माघ ९, काठमाडौँ । सनराइज बैंक लिमिटेडले बुधबार सर्जना फाइनान्स लिमिटेडसँग प्राप्ति (acquisition) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पनन गरेको छ ।   

यस बैंक र  सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरुको बैठकको निर्णयानुसार  सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति (acquisition)  गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेको हो । 

सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने छ । 

सनराइज बैंक लि. नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त गरि देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो । 

गत  पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशःकरिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ भने प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक  बढोत्तरी हुनुका साथै नेपाली अर्थततन्त्रमा बैंकको उपस्थिति बढी सबल रहनगई सबै पक्षलाई लाभदायक हुने भन्ने कुरामा बैंक  विश्वस्त छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *