भरतपुरमा स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चैत ११, चितवन । चितवनको भरतपुरमा स्कार्पियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  

गएराती भरतपुर महानगरपालिका १० त्रिचोकको भित्रि सडकमा नम्बर नखुलेको स्कार्पियोले ठक्कर दिँदा ४० वर्षीया साजन तामाङको मृत्यु भएको हो । धादिङ घर भएका मृतक तामाङ भरतपुर १० मा बस्दै आएका थिए ।  

ठक्करपछि गम्भिर घाईते भएका तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करपछि फरार सवारीको खोजी भइरहेको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *