ठगी मुद्दामा सजाय भोगेका युनिटीका सञ्चालकलाई उच्च अदालतबाट सफाइ

कात्तिक ३०, काठमाडौ । बहुचर्चित युनिटी लाईफ ईन्टरनेशनल लिमिटेडको ठगीकाण्डको मुद्दामा युनिटीका सञ्चालक र लिडरहरुले सफाई पाएका छन् । जिल्ला अदालतको आदेशमा ६ वर्र्षभन्दा बढी जेल सजाय भोगेका युनिटीका सञ्चालकहरु उच्च अदालतको आदेशमा निर्दाेष सावित भएका छन् ।

उच्च अदालत पाटनले युनिटी लाईफ विरुद्ध परेका विभिन्न पाँच मुद्दा मध्ये बैंकिङ कसुर र विना ईजाजत बैैंकिङ कारोवारको मुद्दामा सफाई दिएको हो । कम्पनी रजिष्टर्डको कार्यालयको मुद्दामा भने उच्च अदालतले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ठगी मुद्दामा सफाई दिएको अदालतले कम्पनी सञ्चालनका क्रममा सामान्य त्रुटी भएको आधारमा सो

तत्कालिन सरकारले २०६७ साल जेठ ३ गते युनिटीमाथि प्रतिवन्ध लगाएको थियो । सरकारले प्रतिवन्ध लगाएपछि परेका मुद्दामा जिल्ला अदालतको फैसलाबाट युनिटीका सञ्चालकहरुले जेल सजाय भोगिरहेका थिए । सञ्चालकहरु मध्ये विष्णु क्षेत्री र कृष्ण क्षेत्रीबाहेक अन्य सञ्चालक जेलमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले युनिटीलाई अबैध ठहर गर्दै ठगी मुद्दामा तीन वर्ष कैद र एक करोड ६ लाख रुपैयाँ जरिवाना तोकेको थियो तर उक्त फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ ।

कम्पनी रजिष्टर्डको मुद्दामा उच्च अदालतले सञ्चालकलाई जम्मा ६ महिना जेल बस्नुपर्ने फैसला गरेको छ । तर, सञ्चालकहरु ६ वर्षभन्दा बढी जेल बसिसकेका छन् । नेपालको प्रचलित कानुन अनुसार अदालतले तोकेभन्दा बढी जेल बसेको अवस्थामा प्रतिदिन २५ रुपैयाँका दरले क्षतिपुर्ति पाउने व्यवस्था छ ।

अदालतको फैसलापछि युनिटीमाथी सरकारले षडयन्त्रपुर्ण ढंगले फसाएको प्रमाणित भएको र टाउकोमाथि लागेको ठगिको विल्ला हटेको भन्दै युनिटीका सञ्चालकहरुले खुशी ब्यक्त गरेका छन् । युनिटीका अध्यक्ष काशीराम गुरुङ(प्रसाद)ले अदालतबाट न्याय पाइसकेपछि अब सरकारको नियम अनुसार युनिटी सञ्चालन गर्न आतुर रहेको बताए । गुरुङले आफुहरुको सम्पत्ति राज्यले भताभुङ पारिदिएपनि सदस्यहरुलाई फिर्ता दिन सक्ने सम्पत्ति अझै आफुहरुसँग रहेको बताए । उनले अब फेरी युनिटीको सम्पत्ति खोजी गरी सदस्यहरुलाई फिर्ता गर्न र युनिटी सञ्चालन गर्न आतुर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *