अण्डाको प्रयोगबाट यसरी आफ्नो कपाल सुन्दर बनाउनुहोस्

 

पुस १० । अण्डा खान मन नपराउने सायदै कमै व्यक्ति होला । अण्डाले हाम्रो शरिरमा प्रोटिन प्रदान गरी रहेको हुन्छ । जसरी अण्डाले हाम्रो शरिरमा प्रोटिन दिई रहेको हुन्छ त्यसै गरी यसले हाम्रो सौन्दर्यतामा पनि साथ दिई रहेको हुन्छ । लामो, बाक्लो सलक्क परेको कपाल कसलाई मन पर्दैन र ? जो कोही पनि यस्तो कपाल प्रति आकर्षित हुन्छ । 

अण्डाको प्रयोगबाट हामीले यस्तो लामो,बाक्लो सलक्क परेको कपाल बनाउन सक्छौँ । तर यसको धेरै प्रयोग भने गर्नु हुन्न याद रहोस् अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मानिन्दैन । महिनामा एक पटक कपालमा प्रयोग गर्नु अति उत्तम हुन्छ । अण्डा कसरी कपालमा प्रयोग गर्ने तल दिएको छ । 

null

– अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।– यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।– आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।– कपडाको प्रयोग गरी कपालमा भएको पानी हटाउनुहोस् ।– त्यसपछि तयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।– सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।– त्यसपछि कपाल सफापानीले धुनुहोस् । यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार, बाक्लो एवं स्वस्थ राख्न मद्दत गर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *