आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १४, काठमाडौं । आज देशका अधिकांश स्थानको मौसम बलदी भएको छ । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको हो ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी  पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

null

चैत्र १४गते (शुक्रबार) 

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्णबदली तथा बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । पश्चिमी भू-भागकाकेहिस्थानहरुमार मध्य तथा पुर्वीपहाडी भू-भागकाएक वा दुई स्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यमहिमपातकोसम्भावना रहेको छ । 

रातीः देशको पश्चिमीर मध्यभू-भागमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । देशका केहिस्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातकोसम्भावना रहेको छ । 

चैत्र१५गते (शनिबार) 

दिउँसोः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडीभू-भागकाएक वा दुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ । 

चैत्र१६गते (आइतबार) 

दिउँसोः देशभरमौसम सामान्यतया सफा देखिहुने देखिन्छ । 

रातीःदेशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा देखिहुने देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *