यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला २१ निर्णय

  

असार १२, काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा खोल्ने भएको छ । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मकवानपुरको थाहा नगरपालिका– ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो । 

null

यस्तै सरकारले झुटो विवररण पेस गरी नेपाली नागरिकता लिएकका भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय पनि गरको छ । 

सरकारले सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकहरु धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर तथा रौतहट जिप्रकाबाट नागरिकता लिने जमुना राउत भनी चिनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहको नागरिकता रद्द गर्ने निर्णय गरेको हो । 

बैठकले पाँचै जनालाई कारवाही गर्ने निर्णय समेत गरेको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *