‘जेठभित्र शक्तिशाली भूकम्प’ आउँछ भन्ने ज्योतिषी पक्राउ

 

जेठ २१, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ‘जेठभित्र शक्तिशाली भूकम्प आउँछ’ भन्दै सर्वसाधारणमा त्रास फैलाएको आरोपमा एक ज्योतिषलाई पक्राउ गरेको छ । 

सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको आरोपमा प्रहरीले ३६ वर्षीय ज्योतिषी अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । 

null

एक ताका डिप्रेशनमा समेत पुगेका क्षेत्रीले पछिल्लो समय विभिन्न युट्युब च्यानलको अन्तर्वातमा जेठभित्र शक्तिशाली भूकम्प जाने बताएका थिए । उनले पश्चिमतर्फ केन्द्रविन्दु रहने दाबी गर्दै दाङ र रुपन्देही खतरामा रहेको बताएका थिए । 

ज्योतिष क्षेत्रीले आफूलाई लगेर थुने पनि फरक नपर्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेका थिए । 

उनलाई प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *