नेविसंघको तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको छः महत


चैत १५, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन्।
शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै नेता महतले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए।
null
उनले यसअघि नेविसंघ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भंग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने बताए।
नेता महतले नेविसंघको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताए ।
उनले सरकारका काम कारबाही चित्त बुझ्दो नरहेको आरोप समेत लगाए।
लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उनले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए। रासस
