स्क्रब टाइफसको संक्रमणबाट ११ महिनामा ११ जनाको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, मंसिर १ । स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ११ महिनामा ११ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ६ सय ६७ जना संक्रमित भेटिएका छन् ।
स्याङजामा ३, चितवन र नवलपरासीमा दुई–दुई तथा गुल्मी, दाङ, रुपन्देही र मकवानपुरमा एक–एक जनाको मृत्यु भएको हो । कार्तिक ७ गते सम्म मृत्यु हुनेको संख्या ९ रहेकोमा २२ दिनको अवधिमा नवलपरासी र मकवानपुरमा थप दुई जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
संक्रमित सुलसुलेको टोकाइबाट सर्ने स्क्रब टाइफसको संक्रमण ३८ जिल्लामा फैलिएको छ । स्क्रब टाइफसबाट चितवन सबैभन्दा बढी प्रभावित छ भने मकवानपुर, नवलपरासी र पाल्पामा पनि यसको संक्रमण देखिएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित