नक्कली भ्याट विल प्रयोग गरी १२ करोड ५७ लाख रजस्व ठगी गर्ने विरुद्ध मुद्दा दायर

पुस २९, काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मुल्य अभिबृद्दि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने हाई वे लिंक प्रा.लि. र रोज इन्टरप्राइजेजका विरुद्ध राजस्व चुहावट गरेको विरुद्ध मुद्दा दायर गरेको छ ।   

विभागले यी दुई फर्मका सञ्चालकका संचालकविरुद्ध १२ करोड ५७ लाख विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।   

फर्म सञ्चालकहरु रोज इन्टरप्राइजेजका प्रोपाईटर फिरोज मास्के समेत ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ५७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावी लिई हिजो काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।   

null

सोहि प्रकरणमा हाईवे लिंक प्रा. लि.का सञ्चालक फिरोज मास्के, जनार्दन भण्डारी, भाईराजा श्रेष्ठ, देवराज अधिकारी र रोज ईन्टरप्राईजेजका प्रोप्राइटर फिरोज मास्के र वेष्टवे सोलुसन प्रा.लि.का सञ्चालक देवराज अधिकारी समेतले मालवस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिबृद्धि कर विजक मात्र खरिद गरी नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व नतिर्ने जालसाजी गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको छ ।   

प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ बमोजिम कसुर गरी लाभांश कर तर्फ रु. ७६,९७,२०५ आयकर तर्फ रु. ७,७१,०२,०३२ र मु.अ.कर तर्फ रु. ४,१०,३९,३१३ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(५१) बमोजिम हुने जम्मा विगो रु. १२,५७,३८,५५० राजस्व चुहावट गरेको हुन आएकोले उनीहरुलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ । 

यसैगरी वेष्ट वे लिंक प्रा.लि.का कर्मचारीहरु अभिषेक कुमार आचार्य र सुर्यचन श्रेष्ठलाई पनि राजस्व चुहावटमा मुख्य कसुरदारलाई सहयोग गरी मतियार भइ राजस्व चुहावटको कसुर गरेकोले उनीहरुलाई सोही ऐनको दफा २३ को उपदफा (२) वमोजिम सजाय गरिएको विभागले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *