४० वर्ष लागेकी अभिनेत्री बिपासाको त्यो बचपना

 

पुस २४, काठमाडौँ । बलिउड अभिनेत्री बिपासा बासु मंगलबार आफ्नो ४० औँ जन्मदिन मनाइरहेकी छिन् । ७ जनवरी १९७९ मा दिल्लीको एक बंगाली परिवारमा जन्मिएकी उनी ८ वर्षसम्म दिल्लीमै रहिन् । 

 

null

उनको सुरुवाती पढाइ दिल्लीको नेहरुस्थित एपीजे हाइस्कूलमा भयो । पछि उनको परिवार कोलकतामा रहन थाले । 

 

मोडलिङमा सफलता प्राप्त गरेपछि बिपासाले २००१ मा चलचित्र अजनबीबाट अभिनय डेब्यू गरेकी थिइन् । 

 

डीनो मोरिया र जोन अब्राहम बिपासाको बोइफ्रेन्ड रहिसकेका छन् । बलिउडमा राज र जिस्म जस्ता हिट चलचित्रबाट आफ्नो पहिचान बनाएकी अभिनेत्री बिपासा लामो समयदेखि फिल्म् क्षेत्रबाट टाढा रहिन् । 

 

बिपासा अन्तिम पटक २०१५ मा फिल्म् अलोनमा देखिएकी थिइन् । यसमा उनको अपोजिट रोलमा उनको पति करण सिंह ग्रोवर थिए । अप्रिल २०१६ मा दुवै वैवाहिक बन्धनमा बाँधिएका थिए । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *