जुम्लामा नयाँ र पुराना विच भिडन्त

जुम्ला, मंसिर २ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका गजेन्द्र महत कार्मा चुनावी मैदानमा छन् भने प्रदेश सभाका लागि बाम गठबन्धनबाट जुम्ला निर्वाचन (क) बाट माओवादी केन्द्रका नरेश भण्डारी र (ख) सिंजा क्षेत्रबाट एमालेका पदमबहादुर रोकाया रहेका छन् ।

२०७० सालको संविधान सभाको निर्वाचनबाट माओवादी केन्द्रको प्रत्यक्ष तर्फको उम्मेदवार वनेका गजेन्द्र महत कार्मा र एमालेको तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार पदम रोकाया दुवै जना कांग्रेसका उम्मेदवार ललितजंग शाही संग झिनो मतले पराजित भएका थिए ।

जुम्ला निर्वाचन (क) बाट प्रदेश सभाका उम्मेदवार नरेश भण्डारी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बहुमतले विजयी भएका थिए । बुद्धिजिवि संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भण्डारीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनताका मोहन वैद्य किरण निटक माओवादी पार्टी हुंदा निर्वाचन वहिष्कार समेत गरेका थिए ।

 २०७० को संविधान सभाको निर्वाचनका क्रममा झारज्वाला मतदान केन्द्रका दुईवटा मतदात केन्द्र कब्जामा लिएर मतपेटी तिला नदीमा बगाएका थिए । त्यतिबेला उक्त मतदान केन्द्रका लागि पुन मतदान गर्नु परेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले स्मरण गरेको छ ।

 वाम गठवन्धनबाट उम्मेदवार वनेका तिनै जना पुराना अनुहार हुन् । तिनै जनाले चुवनावमा आफ्नो अनुभव गरिसकेका छन् । महत र रोकायासंग पराजित भएको अनुभव छ भने भण्डारी संग विजयी भएको अनुभव छ ।

 कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि देवेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् । प्रदेश सभाको लागि कांग्रेस जुम्ला (क) बाट राजुसिंह कठायत र (ख) सिंजा क्षेत्रबाट भिमनिधि हमाल उम्मेदवार रहेका छन् । कांग्रेसका तिन वटै अनुहार नयां हुन् । कांग्रेसका तिनै नयां अनुहार वाम गठवन्धनका पुराना अनुहार संग चुनावी मैदानमा देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *