स्थायी समितिमा प्रचण्डको प्रस्तावः परिमार्जन गरी राजनीतिक प्रतिवेदन पारित गरौँ

 

पुस ११, काठमाडौँ । २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको आजको बैठकमा पार्टी अध्यक्ष एकै जनाले मात्रै धारणा राखेका छन् । 

व्यस्तताका कारण प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन नभ्याएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै बुधबार आफ्नो धारणा राखेका हुन् । प्रचण्डले मात्रै धारणा राखेपछि बैठक भोलि पनि बस्ने भएको छ । भोलि (बिहीबार) भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् । 

null

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक महत्व, यसको वस्तुगत र आत्मगत आधारका विषयमा धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बोल्ने क्रममा बैठकमा प्रचण्डले सरकार गठन भएको एक वर्ष पनि नपुगेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको धारणा पनि व्यक्त गरे । नेकपा स्थायी समितिका ४६ जनामध्ये धेरै सदस्यले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरिरहँदा प्रचण्डले यस्तो जवाफ दिएका हुन् । 

उनले स्थायी समिति सदस्यहरुले व्यक्त गरेका विचार, सुझाव र आलोचनामाथि ध्यान दिएर अध्यक्षद्वयले प्रस्तुत गरेका प्रतिवेदनलाई परिमार्जन गरेर त्यसलाई पारित गर्न प्रस्ताव राखे । 

स्थायी समितिमा भएको छलफलले पार्टी र सरकार दुवैलाई सबल बनाउने तथा कमीकमजोरीहरु सच्याएर अघि बढ्न पनि यो बैठकले सहयोग पुर्याउने प्रचण्डको भनाइ थियो । पार्टी र सरकारलाई सफल बनाउन यो बैठक ऐतिहासिक सावित भएको प्रचण्डको दाबी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *