मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

 

जेठ ३०, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । 

हरिपुर नगरपालिका (७ चिताइस्थित भित्री सडकखण्डमा ना २५ प ६९२२ नंको मोटरसाइकल र ज २ प ७८८६ नंको मोटरसाइकल एकापसमा गएराति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन्। 

null

दुबै मोटरसाइकलमा चालकसहित तीनरतीन जना बसेका थिए। मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । 

ना २५ प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन्। दुबैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन 

यस्तै ज२ प७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुबैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ । 

मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *