जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न प्रचण्डको निर्देशन

भाद्र ३०, काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न निर्देशन दिएका छन् । 

तत्कालीन माओवादी  स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित गरिएको कार्यक्रममा बोल्ने क्रममा  उनले विशेष गरी  युवा तथा विद्यार्थीलाई यस्तो निर्देशन दिएका हुन् । 

उनले भने ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।’ 

Related image

हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको उनले बताएका छन् ।  उनले भने ‘ठूलो बलीदानीबाट प्राप्त उपलब्धी भत्काउन सकिन्छ कि, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमाथि नै आक्रमण गर्न सकिन्छ कि भनेर घेराबन्दी भइरहेको छ’, उनले थपे ‘परिवर्तनलाई रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता हो ।’ 

चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको प्रचण्डले बताएका छन् । 

उनले  दिवंगत नेता बोगटीलाई दलहरूबीच राम्रो सम्बन्ध बनाउन र विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्झिएका थिए ।   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *