प्रकाशको शोक सभामा भाग लिन प्रचण्ड चितवन जाँदै, सम्वोधन भने नगर्ने

मंसिर ५, काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधनको शोकमा माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दैछ । अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनले आयोजना गर्न लागेको श्रद्धाञ्जली सभामा भाग लिंदैछन् ।

वाम गठबन्धनको पुर्व घोषित शक्ति प्रदर्शनसहितको चुनावी आमसभालाई श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको हो । सो सभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सहभागी भए पनि सम्वोधन भने गर्ने छैनन् ।

भरतपुर बस टर्मिनलमा मध्याह्न १२ बजेपछि सभा शुरु हुने छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *