यातायात कार्यालयः टेबलै पिच्छे घुस, कोठै पिच्छे बिचौलिया (स्ट्रिङ अपरेसन)

 

फागुन २२, काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतको विभिन्न कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाईएको भनिएपनि विचौलिया बिना कामनै नबन्ने सेवाग्राहीले गुनासो गरेका छन् । 

यातायात ब्यवस्था कार्यालयमा ‘बिचौलियालाई प्रवेश निषेध’ भनेर ब्यानर टाँगिएपनि कार्यालयमा कर्मचारी भन्दा विचौलियाको संख्या बढी देखिन्छन । 

null

कार्यालयमा जनताले कर दिएर पालेका कर्मचारी भेटिदैनन् तर, बिचौलियाहरू भने फालाफाल भेटिन्छन् । उनीहरु सेवाग्राहीलाई भन्छन्–‘तपाईहरु जानुभयो भने ५/६ घन्टा लाग्छ । हामी गयौं भने १० मिनेटमा काम बन्छ । एक हजार दिए पुग्छ । सिधै हाकिमलाई बुझाउने हो, ७ सय कर्मचारीलाई, ३ सय मलाई ।’ 

 

यसरी सेवाग्राहीसँग विचौलियाले घुसमा बार्गेनिङ गरिरहेको देखिए त्यो अनौठो मान्नुपर्दैन । नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न । विचौलियाहरु सल्बलाउँछन् । कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन् । गेटमा नागरिक वडापत्र छैन । ठूलो अक्षरमा कुनै सुचना पनि छैन । सोधपुछ कक्ष समेत छैन । त्यसैले सेवाग्राहीहरु विचौलियाको फन्दामा परेर सामान्य कामका लागि पनि घुस बुझाउन बाध्य हुन्छन् । 

यातायात ब्यवस्था कार्यालय भित्र मिलेमतोमा काम भइरहेको छ । बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ । कतिका वर्षौंदेखि काम बनेका छैनन् । कुरिरहेका छन, तर कहिले बन्छ थाहा छैन । हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन् । रित्तो हात फर्किन्छन् । सेवाग्राहीहरुले जतिनै गुनासो गरेपनि र उनीहरुको गुनासो सुन्ने हाकिम कार्यालयमा भेटिन गाह्रो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *