आजको मौसम, हावाहुरी सहित वर्षाको संभावना

बैशाख ४, काठमाडौं । आज देशभरको मौसम आशिंक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज स्थानीय र पश्चिमी वायुको प्रभावले देभरको मौसम परिवर्तनको संभावना छ ।   

आज दिउसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाको अनुमान छ ।   

null

आज राती पनि  देशभर आंशिक देखि सामान्य बदली रहने छ ।  देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । 

बैशाख ५ गते (शुक्रबार) 

दिउँसो देशभर सामान्यतया बदली  रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको थोरै स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना छ । 

बैशाख ६ गते (शनिबार) 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहने र देशका मध्य तथा पूर्वका केही स्थानहरु र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा वर्षाको संभावना रहेको छ । राती  देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू(भागमा आंशिक बदली रहनेछ । थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *