कालिकोटमा ६८ मतदानस्थल अति संवेदनशील ,सुरक्षा व्यवस्था कडा
“
कालिकोट, मंसिर ५ । मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लामा उच्च सुरक्षा निगरानीको तयारी गरिएको छ ।
कालिकोट सुरक्षाका दृष्टिले अति सम्वेदनसिल भएकाले सुरक्षा क्षेत्रमा पनि विशेष व्यबस्थापन गरिएको हो । प्रतिनिभिसभाको लागि १ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । साविकको ३० वटा गाविसमा हाल ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् ।९ वटा स्थानीय तह मध्य ९९ मतदान स्थल, १०९ मतदान केन्द्र रहेका छन् ।
जिल्लामा ६४ हजार ९६२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने तयारी रहेको मुख्य निर्वाचन कृष्णमुरारी सिवाकोटीले बताए । ९९ मतदानस्थल मध्य २ वटा सामान्य, २९ वटा संवेनशील र ६८ वटा मतदानस्थल अति संवेदनशील रहको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनु भयो ।
उनले भने, ‘१ हजार स्थानीय म्यादी प्रहरी र ८ सय भन्दा बढी सुरक्षाकर्मि जिल्ला भर सुरक्षाका लागि परिचालन गरिएको छ ।’जिल्लाका सवै क्षेत्रका सुरक्षा युनिटलाई सुरक्षा राम्रो गर्न आफुले निर्देशन गरेको प्रजिअ गैह्रेले बताउनु भयो । गएको स्थानीय निर्वाचनमा नरहरीनाथ गाउँपालिकामा राप्रपाका उम्मेदवारको ज्यान गएको थियो ।
यसपालि भने, उच्च सुरक्षा अपनाइएको छ । जिल्लाका तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, पचलालझरना गाउँपालिका, पलाँता गाउँपालिका र कालिका गाउँपालिकामा रहेको अधिकांस मतदानस्थल अति सम्वेदनशिल रहेको बताइएको छ । जिल्लामा सुरक्षा क्षेत्रको विप्वलको नेतृत्वमा रहेको नेकपा मुख्य चुनौती रहेको छ ।
विप्लवका कार्यकर्ताकै काराण गएको स्थानीय चुनावमा उम्मेदवारको मृत्यु भएको जिल्ला सुरक्षा समितीले बताएको छ । भौगोलिक कठिनाइले समस्या पारेको कालिकोटमा त्यसैमा विप्लवका कार्यकर्ताले चुनावमा त्रास देखाउने गतिविधि हुने गरेको छ । जिल्लामा विप्लवका नेता कार्यकर्ताले सदरमुकाम छोडेर गाउँ र जंगलतिर गैसकेका छन् । जिल्लामा उम्मेदवारलाई विशेष सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
“