राजधानीबाट विप्लव समूहका तीन नेता पक्राउ

 

साउन २१, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो । 

null

काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । 

पक्राउ परेकामध्ये डम्बरबहादुर गुरुङले पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । उमाको हाल पार्टीको हैसियत खुलेको छैन । उनी प्रचण्ड माओवादीमा हुँदा पाँच वर्षअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिइन् । 

सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन समेत चलाउँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *