देउसी–भैलोको रकमबाट सामाजिक प्रयोजनका सामान खरिद

बौनिया कार्तिक २७ । तिहार सकिएसँगै देउसी–भैलोबाट संकलन भएको रकमले पिकनिक जाने प्रचलन बढेका बेला कैलालीको बर्दगोरियामा युवाले उदाहरणीय कार्य गरेका छन् । 

गाउँपालिकाको वडा नम्बर–३ खैरेनीमा सामुहिक देउसी–भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा खर्च गरेका हुन् । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी खरिद गरिएको सामान वडा जनप्रतिनिधि र स्थानीयको भेलामा सार्वजनिक गरिएको हो । समाजसेवी डिलबहादुर गौतमको संयोजकत्व र शेरबहादुर ओलीको नेतृत्वमा रामजानकी समुहले देउँसी–भैलो खेलेर संकलन भएको रकमले सामान खरिद गरेको बताएका छन् । 

null

उनीहरूले सामाजिक कार्य प्रयोजनका भाँडाकुडाँका सामान खरिद गरेका छन् । देउसी भैलोबाट संकलन भएको ३३ हजार ४ सय ५ रुपैयाको जिन्सी सामान खरिद गरिएको स्थानीय अर्जुन जैसीले जानकारी दिए । उक्त सामाग्री सहुलियत दरमा सामाजिक काममा दिइने र कोष स्थापना गर्ने बताइएको छ । 

पछिल्लो समय स्थानीय स्तरमा देउसी–भैलो खेलेर संकलन भएको रकम खानपिनमा खर्च गर्ने परिपाटीले समाजमा सकारात्मक सन्देश नदिने भन्दै उनीहरूले यस्तो कार्य गरेका हुन् । देउसी–भैलो मनोरञ्जनका लागि मात्रै नभइ संस्कृति जोगाउन र समाजका लागि खेलिएको स्थानीय रबिलाल जैशीले बताए । 

सो वडामा नागरिक सचेतना केन्द्रका महिलाले समेत देउसी–भैलोबाट संकलन भएको रकमको सामान खरिद गर्ने बताएका छन् । 

गाउँपालिकामा यूवा, बाल क्लब, विद्यालय, संघसंस्थाले विभिन्न ठाउँमा देउसी भैलो खेलेर रकम मनोरञ्जनमा खर्चिरहेका बेला यूवाले भने अग्रसरता देखाएका हुन् । 

सोही अवसरमा बर्दगोरिया गाउँपालिका न्यायिक समिति सदस्य टंकराज ओलीले संघ–संस्था, क्लव र युवा समूहले देउसी–भैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला सामाजिक प्रयोजनका सामाग्री खरिद गर्नु सकारात्मक र उदाहरणीय काम भएको बताए । 

पिकनिकमा खानपिन गरि मनोरञ्जन खर्च गर्ने प्रचलनले समाजमा सकारात्मक सन्देश दिनु –उनले भने, सँस्कृति र चाडपर्वमा सकी नसकी दान–दक्षिणा गरिएको रकम सही काममा सदुपयोग हुनुपर्छ । 

देउसी–भैलो खेलेर संकलन भएको रकमले पिकनिक जाने क्रममा दुर्घटना, झैझगडा र समाजमा अशान्ति हुने गरेको तितो यथार्थ भन्दा माथी उठेर सामाजिक बिकास, निर्माणका काममा एकजुट हुनु अत्यन्तै राम्रो काम भएको ओलीले बताए । 

युवामा सामाजिक सद्भाव र सहयोग गरौ भन्ने भावनाको विकास हुन जरुरी रहेको भन्दै उनले यस किसिमका कामले सबैलाई आगामी दिनमा स्थानीय स्तरमा केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने समेत बताए । कार्यक्रममा वडाअध्यक्ष कर्ण सुनारले स्थानीय युवाले सार्वजनिक सेवाका लागि खर्च गर्नु प्रसंशायोग्य काम भएको भन्दै खुसी व्यक्त गरे । 

उनले खानपिन र भ्रमण भन्दा सामाजिक सहयोग र बिकास निर्माणमा खर्च गर्नु उचित काम भएको बताए । मनोरञ्जन भन्दा समाजका जेष्ठ नागरिक, असहाय, अशक्त र गरीब बालबालिकाको हित र मानवीय सेवामा खर्च गर्नु ठीक हो –उनले भने, यस किसिमका कामले सामाजिक सहयोग, सदभाव मात्र नभइ स्थानीय स्तरमा रहेका क्लब, संघ–संस्था र दाजुभाई, दिदिबहिनीलाई रकम अनावश्यक रुपमा खर्च नगर्न सचेतना दिन्छ । यस्तो काम अग्रसरता देखाउने युवालाई सामाजिक कार्यमा एकजुट हुन सबैले प्रेरणा दिनुपर्छ । 

वडाअध्यक्ष सुनारले सामाजिक काममा सक्रियता देखाउने युवा, महिला समूह, क्लव र संघ–संस्थाका लागि आफूले जुनसुकै बेलामा पनि वडा कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । जिल्लाका विभिन्न स्थानीय पार्क, तालतलैया, मन्दिर लगायतका पर्यटकीय स्थलमा अहिले दिनहुँजसो पिकनिक जानेको संख्या बढ्न थालेको छ । 

देउसी–भैलोबाट संकलित रकमबाट थोरैले सामाजिक सेवामा खर्च गर्ने भएपनि अधिकांशले भ्रमण र पिकनिकमा सिद्धयाउने गरेको पाएको छ । सरोकारवालाहरुले भने देउसी भैलोबाट संकलित रकम अनुत्पादक क्षेत्रमा खर्च भईरहेको बताएका छन् । 

संकलित रकम मनोरञ्जनमा मात्रै बिस देखि पच्चिस प्रतिशतसम्म खर्च भइरहेको बताए । मनोरञ्जनमा भन्दा सामाजिक सेवामा खर्च गरे धेरै काम गर्न सकिने उनीहरुको सुझाब रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *