यसकारण चिसोमा बढ्छ हृदयघातको खतरा, यस्ता छन् बच्ने उपायहरु

काठमाडौं, मंसिर ७ । चिसोको मौसममा धेरै प्रकारको स्वास्थ्य समस्या आउँछ । यसमध्ये सबैभन्दा धेरै नाकारात्मक असर हाम्रो मुटुमा पर्छ । चिसोका कारण हाम्रो मुटुको कोष संकुचित हुने गर्छ जसले गर्दा मुटुसम्म रगत र अक्सिजनको आपूर्ती ठीक तरिकाले हुन सक्दैन । यसले रक्तचाप बढ्छ, जुन हृदयघातको कारण बन्न सक्छ ।

मुम्बईका हृदयरोगसम्बन्धि विशेषज्ञ डा. अश्विन बी मेहताका अनुसार गर्मीभन्दा जाडो मौसममा हृदयघातको खतरा ५३ प्रतिशतले बढ्छ । तर, केही सावधानी अपनाउँदा यसबाट बच्न सकिने उनको भनाई छ ।

यसबाट बच्न उनले केही सजिलो टिप्स पनि दिएका छन् । यस्ता छन् उनका टिप्सः

१. तातो कपडा
आफूलाई चिसोबाट बचाउनुहोस् । सकेसम्म तातो कपडा लगाउनुहोस् । बाहिर निस्किँदा टाउकोलाई स्कार्फवाट टोपीले ढाक्नुहोस् ।

२. घरलाई न्यानो राख्नुहोस्
घरलाई न्यानो बनाएर राख्नुहोस् । घरमा चिसो हावा आउन नदिनुहोस् ।

३. तातो खाना
जाडो मौसममा तातो खाना खानुहोस् । र, बेलाबेला मनतातो पानी पिउने गर्नुहोस् ।

४.रक्सी कम गर्नुहोस्
जाडो मौसममा रक्सी, चुरोट लगायत नशा नलिनुहोस् ।  नशाको कारण शरीरमा जकडन आउन सक्छ ।

५. डाक्टरलाई देखाउने
मुटु वा डायविटिज सम्बन्धि कुनै संकेत देखिए तुरुन्तै डाक्टरलाई देखाउनुहोस् ।

६. घाम ताप्नुहोस्
बिहान १५ देखि २० मिनेट घाममा बस्नुहोस् । यसले शरीर न्यानो हुनका साथै कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । यसले मुटु सम्बन्धि रोगलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *