विज्ञान र प्रविधिले अहिलेसम्म बाँचेको छु, नत्र संसार छाडेको १२ वर्ष भइसक्थ्यो: प्रधानमन्त्री

 

चैत १, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन् । 

धुलिखेलस्थित काठमाडाैँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए । 

null

उनले भने, ‘विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।’ उनले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गरे । 

प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गरे । ‘हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ’, उनले भने, ‘ल्याण्डलक्ड र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।’ 

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताए । उनले भने, ‘विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो !’ उनले विज्ञान प्रविधिको विकासका कारण नै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए । 

प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने) का मानार्थ अध्यक्ष प्रा डा जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरे । उनले आफ्नै देश स्वीट्जरल्याण्डको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएवापत विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गरेकामा खुशी व्यक्त गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *