मोदीलाई प्रधानमन्त्री ओलीले दिए रुद्राक्ष उपहार

 

जेठ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् । 

प्रधानमन्त्री ओली बिहीबार साँझ आयोजित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली पुगेका थिए । शुक्रबार मोदीसँग शिष्टाचार भेट गर्दै रुद्राक्षको माला उपहार दिएका हुन् । 

null

 

ओली र मोदीबीचको भेटमा नेपाल—भारतको दुईपक्षीय हितकाबारे छलफल भएको प्रधानमन्त्री ओलीका विदेश सल्लाहाकार डा. राजन भट्टराईले जानकारी दिए। 

नेपाली समयअनुसार ११ः४५ बजे हैदरवाद हाउसमा भेटवार्ता भएको हो। 

साथै भेटका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *