प्रतिनिधि सभा बैठक स्थगित

 

जेठ ३१, काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ । 

पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य धनिराम पौडेलको निधनमा सभामुख महराले शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् । 

null

संसदमा उनको असामयिक निधन भएकोमा उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन एकीकृत ने.क.पा. (माओवादी) को तर्फबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका पूर्व शिक्षामन्त्री पौडेलको ५३ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो । 

राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । पूर्व शिक्षामन्त्री पौडेलको चितवनको माडीस्थीत आफ्नै निवासमा हृदयघातका कारण मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *