आफैँले उद्घाटन गर्ने कार्यक्रममा किन सहभागी भएनन् प्रधानमन्त्री ?

कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा बसेको कोलम्बो प्रोसेसको छैठौँ बैठकमा सहभागी भएनन् । 

आजको मन्त्रीस्तरीय छलफल बैठकमा प्रधानमन्त्रीले उद्धघाटन गर्ने कार्यक्रम थियो, तर उनी उपस्थित भएनन् । 

प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी नभएको उनको सचिवालयले जनाएको छ । 

null

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को समन्वयमा श्रम मन्त्रालयले बैठकको आयोजना गरेको हो । बैठकमा सदस्य मुलुकका मन्त्री र उच्च अधिकारी सहभागी छन् । 

बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका छन् । 

बढी कामदार निर्यात गर्ने दक्षिण तथा दक्षिण पूर्वी एसियाका १२ देशहरुको सामुहिक बैठकमा हाल नेपाल अध्यक्ष राष्ट्र समेत हो। 

सम्मेलनमा नेपालसहित इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी छन् । 

कोलम्बो प्रोसेसको बैठकमा रोजगारीका लागि गन्तव्य मुलुकसँग कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने नेपालको तयारी रहेको छ भने बैठक मार्फत् एकै प्रकारको करारपत्र बनाएर सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउने व्यवस्था गर्न लागिएको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *