गर्मी र डेङ्गुका कारण धरानका विद्यालय ५ दिन बिदा
असार १, धरान । अत्यधिक गर्मी तथा डेङ्गु रोगको लगायतको कारण देखाउँदै धरानका निजी तथा संस्थागत विद्यालय सङ्गठनले ५ दिन स्कुल बिदा दिने निर्णय गरेको छ ।
गर्मीका कारण बालबालिकाको पढाइ लगायतमा समस्या आएको निश्कर्ष सहित प्याब्सन, एनप्याब्सन र एसीसीले बिदा दिने निर्णय गरेको हो
null
असार २ गतेदेखि ६ गते सम्म बिदा दिने निर्णय भएको छ । यो बिदालाई गर्मी बिदामा समायोजन गर्ने तयारी गरिएको एरियाको अर्डिनेट कमिटी धरानका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।
उनले यसलाई गर्मीमात्रै नभई डेङ्गु, समेतको समस्या, विजुली अपडाउनका कारण समतेत रहेको बताए ।
प्याब्सन नगर अध्यक्ष राजकुमार लिम्बूले पनि प्याब्सन, एनप्याब्सन र एसीसी बसेर निर्णय गरेको बताए । उनले डेङ्गुको प्रकोपबाट अभिभावक र विद्यार्थीहरूलाई पनि राहत मिलोस् भन्ने ध्येयले पनि बिदा दिइएको बताए ।
धरानमा एनप्याब्सनमा ३९ स्कुल आवद्ध छन् भने प्याब्सनमा ४४ वटा स्कुल आवद्ध छन् । सामुदायिक स्कुलले भने हालसम्म कुनै निर्णय नगरेको पाइएको छ ।