रूकुममा चिसाेका कारण बिरामीकाे संख्यामा बृद्धि
मकालु खबर
२०७५ पुस २२ गते
पुष २२, रुकुम । रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ ।
विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ ।
रुकुमकोटस्थित स्वास्थ्यचौकीमा गतवर्ष जाडो शुरु भएको कात्तिकदेखि माघसम्म दिनमा एक/दुई जना मात्र बिरामी आउने गरेकोमा अहिले दिनमा पाँच जनासम्म बिरामी आउने गरेको रुकुमकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्रकुमार यादवले बताए । तीव्र गतिमा भएको जलवायु परिवर्तनका कारणले अत्यधिक चिसो भएको बताइएको छ ।
null
मकालु खबर
२०७५ पुस २२ गते
प्रतिक्रिया