रिक्तताको रहर, जानेको रहर

मंसिर २४, काठमाडौँ । भदौ १९ देखि तीनवटै प्रज्ञा प्रतिष्ठानमा पाज्ञ पद रिक्त छ । जसमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानले झापाली गंगाप्रसाद उप्रेतीलाई दोहोर्याएको छ भने सदस्य सचिवमा प्रा. जगतप्रसाद उपाध्यायलाई नियुक्ती दिलाए पनि अन्य काम अघि बढेको छैन । तर, उपकुलपतिमा डा. जगमान गुरुङलाई ल्याउने इच्छा राखेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । 

यसैगरी, संगीत तथा नाट्य र ललितकलामा पुरै नियुक्ती बाँकी छ । नियुक्तीका लागि अहिले ठूलो संख्यामा लेखक, साहित्यकार, गीत, संगीत, नाटक र ललितकलासँग सम्बन्धीत व्यक्तिको प्रधानमन्त्री तथा मन्त्रीहरु कहाँ देउसीरे चल्दै छ । प्रज्ञा प्रतिष्ठानमा जान अमर गिरी, विष्णु प्रभात, मातृका पोखरेल, हेमनाथ पौडेल, दिनेशराज पन्त ईच्छुक छन् । नेपाली लेखक संघका कार्यवाहक अध्यक्ष श्रवण मुकारुङले नेकपाका नेताको घरघर चाहरिरहेको स्रोत बताउँछ । 

त्यसैगरी, संगीत तथा नाट्य र ललितकलाको कुलपतिमा शम्भुजित ले ईच्छा राखेका छन् । प्रधानमन्त्रीको रुचि डा. अभि सुवेदीतिर छ । सरकारले यादव खरेलको प्रस्ताव राखेपनि उनले स्विकारेनन् । त्यहाँको कुलपतिमा गणेश रसिक पक्कापक्की रहेको बताईन्छ । त्यस्तै उपकुलपतीमा भूपाल राईदेखि बुलु मुकारुङसम्मले ईच्छा व्यक्त गरेका छन् । सदस्य सचिवमा श्याम तमोटको चर्चा छ । प्राज्ञ सदस्य बन्न रहर गर्नेमा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, धीरेन्द्र प्रेमर्षी, शकुन्तला शर्मा, अशोक राई, हरिदेवि कोईराला लगायतका छन् । 

null

शान्तिराम राई, मिलन मोक्तान, चेतन सापकोटा, समेत दौडधुपमा रहेको बताईन्छ । यस्तै, ललितकलामा कुलपति बिजय थावा वा ठाकुर मैनालीमध्ये एकको चर्चा छ । कुलपति बन्न पूर्वसदस्य–सचिव नवराज भट्ट पनि शक्ति केन्द्र धाईरहेका छन्, उपकुलपतिमा ८१ वर्षिय गेहेन्द्रमान अमात्यको कोटाबाट देवेन्द्र थुम्केली र एमालेको कोटाबाट लालकाजी लामा कुदेकै पाईन्छन् । जन आस्थाबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *