सिक्किमका नयाँ मुख्यमन्त्री प्रेमसिंह

 

जेठ १३, काठमाडौँ । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । 

गोले मुख्यमन्त्री भएसँग पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन अन्त्य भएको छ । 

null

राजधानी गान्तोकको पाल्जोर स्टेडियममा सम्पन्न समारोहमा गाले सहित मन्त्रिपरिषदका केही सदस्यहरूले गोपनियताको शपथ ग्रहण गरेका छन् । गोले सहित अन्य मन्त्रिपरिषदका केही सदस्यहरूहरुल बिहान १० बजेको समयमा सपथ ग्रहण गरेका हुन् । 

भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । त्यसकलागि ती व्यक्तिले ६ महिनाभित्र विधानसभा सदस्य बनिसक्नु पर्ने हुन्छ । हालसासै भएको १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई हराउँदै उनी मुख्यमन्त्री बन्न सफल भएका हुन् । 

पहिले पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टमा रहेका गोलेले यस फन्टमा रहदा उनीमाथी भ्रष्टारको आरोप लागी सन् २०१६ मा एक वर्षसम्म जेल सजाय समेत पाएका थिए । 

पछी गोलेले पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट छुटिएर सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका हुन् । यता चाम्लिङ नेतृत्वको पार्टीले भने भ्रष्टाचारीलाई मुख्यमन्त्री बनाएको भन्दै उनको सपथ ग्रहण कार्यक्रम  नै बहिस्कार गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *