अस्ट्रेलियाको एआइबिटी कलेज खारेज, हजारौं नेपाली विद्यार्थीको भविष्य अन्यौलमा

जेठ १४, काठमाडौं । अस्ट्रेलियाको इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल (एआइबिटी) कलेज खारेज भएको छ । अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा) ले मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नेपालबाट अध्ययनको लागी गएका हजारौं विद्यार्थी अन्यौलमा परेका छन् । 

नेपालमा रहेका केही कन्सलटेन्सीको लगत सल्लाह सुझावमा उच्च अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेका हुन् । कन्सल्टेन्सीले केही रकम फाइदाको लागी दिएको गलत सल्लाह र सुझावका कारण विद्यार्थीको शैक्षिक भविष्य अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेका हुन् । 

 

null

अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहने जनाईएको छ । 

तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए । दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ । 

यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथि नै खेलवाड गरेको देखिएको जानकारहरु बताउँछन् । 

एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन् । यसअघि नै कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन् । झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *