केरुङ–काठमाडौँ रेलमार्गः चीनले बुझायो प्रारम्भिक प्रतिवेदन

 

मंसिर २४, काठमाडौँ । चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। 

काठमाडौंमा सोमबार चीनको उच्चस्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवसहितको नेपाली टोलीबिच भएको तेस्रो बैठक तथा छलफलमा चीनले प्रतिवेदन नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो। 

null

चीनको ‘नेसनल रेल्वे अथोरिटी’ का उपप्रशासक आन लुसुङ नेतृत्वको समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमाथि डिसेम्बर १३ सम्म छलफल हुने मन्त्रालयले जानकारी दिएको छ। 

बैठकमा केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर कसरि बनाउने भन्ने मोडालिटीबारे छलफल भएकाे भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । 

यो छलफलले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाएको मन्त्रालयले बताएको छ । 

साथै चिनियाँ पक्षले काठमाडौं–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसका लागि आन नेतृत्वको चिनीयाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि बैठकले तय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *