यी रोगका लागि अचुक औषधी कपुर
जेठ २ । समान्य अर्थमा भन्नु पर्दा कपुरलाई पुजापाठ्को लागि प्रयोग गर्दै गरेको हामीले देखेका छौँ । कपुरलाई पुजापाठ्मा हाम्रो घर सुद्ध गर्ने कार्यमा पनि प्रयोग गर्दै आईरहेका देख्छौँ तर यी बाहेक हाम्रो स्वास्थ्यको लागि पनि यो अति आवश्यक रहेको छ । यसको प्रयोगले बिभिन्न रोगहरु निको पार्न सकिन्छ । ती रोगहरु के–के हुन् तल बताईएको छ ।
आउँ बाथ भएमादुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।
null
पुरानो खोकीमासूठो, पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
खोकी लागेमासाधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।
पुरानो बाथमाएक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।
निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमाफुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।
दम रोग दम रोगमा यो अचूक औषधि हाे । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।
ढाडको समस्यामाढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।