राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनकाे थाप्लाेमा

बैशाख ११, काठमाडौँ । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको भ्रमण शुरु भएको छ । 

 

चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी हुन् । उनी आज बिहान ११ बजेको फ्लाइटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नाै दिने भ्रमणका लागि निस्किएकी हुन् । 

null

चीनको लागि प्रस्थान हुनुभन्दा अगाडी राष्ट्रपती भण्डारीले आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिएकी छिन् ।  

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने तोकिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *