अज्ञात समुहको आक्रमणबाट धरानमा एक युवक गम्भिर घाईते

 

जेठ १२, धरान ।  अज्ञात समुहको आक्रमणबाट धरानका एक युवा गम्भिर घाईते भएक छन । 

आईतबार विहानै ५ बजेको समयमा अजात समुहको आक्रामणमा परि टाउको पछाडीको भाग र कान काटिएको अवस्थामा धरान १४ नारायणपुरका २९ बर्षीय नरेश मगर फेला परेका हुन । 

null

अज्ञात समुहको आक्रमणमा परि गम्भीर घाईते भएका राई अफै उपचारका लागि धरान छाता चौक स्थित रहेको पुरानो हस्पिटलमा उपचारका लागी गए र त्यहाँ उपचार सम्भव नहुने भए पछि स्थानीयले ईलाका प्रहरी कार्यलय धरानलाई खबर गरी जिम्मा लगाईएको स्थानिय भिम राईले जानकारी दिए । 

उता गम्भीर घाईते मगरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगि उपचार भईरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । 

न्यौपानेका अनुसार मगरको देव्रेपटिको कानमा गहिरो काटिएको अवस्थामा फेला परेका उनको अवस्थामा सुधार हुँदै गएको छ । झगडाको क्रममा उनको कान काटेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । यसबारेमा अनुसन्धान भइरहको डिएसपी न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *