सर्पले डसेर आमाको निधन भएपछि बिचल्लीमा परेका ५ बालबालिकालाई एसओएसकाे संरक्षण

लोक देउबा भाद्र २०, कैलाली । गत भाद्र ५ गते घोडाघोडीमा सर्पको टोकाईबाट आमाको निधन भएपछि बिचल्लीमा परेका ५ जना बालबालिकाहरुको उद्धार गरिएको छ । उनीहरुको एस.ओएस.बालग्राम धनगढीले आज उद्बार गरेको हो । सर्पको टोकाईबाट घोडाघोडी नगरपालिका १ कि ३२ वर्षिया रानीपुरा न्यौपानेको ज्यान गएसँगै क्रमश ४, ५, ८ र १० बर्षकी ४ छोरी र एक ७ महिने नाबालक छोराको बिचल्लि भएको थियो । 

मृतक रानीपुराको घरको आर्थिक अवस्था अति नै कमजाेर र स्वास्थ्यका दृष्टीकोणले पनि नाबालकको बाबुको अवस्था समेत नाजुक देखिएको हुनाले उनीहरुको स्याहारसुसार,संरक्षण र गुणस्तरीय शिक्षाको लागि आफुहरुले जिम्मा लिएको एस.ओ.एस.बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले बताए ।  

विभिन्न पत्रपत्रिका तथा अनलाइनमा समाचार प्रकाशित भएपछि आफूले बालबालिकाहरू बिचल्ली परेको थाहा पाएको बताउँदै हमालले २५ वर्ष उम्मेरसम्म बालबालिका रेखदेख गरि आत्मनिर्भर बनाएर मात्रै समाजमा समायोजित गर्ने बताए । 

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बालबालिकालाई स्थानीय सरकार तथा संघसंस्थाले सहयोग गरेपनि बालबालिकाहरुको स्याहार गर्न परिवारमा कोहि नभएको बताए । उनले नाबालकलाई हेरचाह गर्ने बुवाले नसक्ने हुँदा संरक्षणकत्व लिईदिन बालग्रामलाई आग्रह समेत गरेका थिए । साथै नगर प्रमुख चौधरीले बालबालिकाको उद्धारका लागि चिन्तित बन्ने तथा सहयोग गर्ने सम्पुर्णलाई नगर सरकारको तर्फबाट आभार प्रकट गर्दै उक्त परिवारका लागि सहयोगको कमी हुन नदिने आश्वासन समेत दिए । 

बालबालिका बिचल्लीमा परेको समाचार सञ्चार माध्यमहरूमा प्रकाशित भएपछि उनीहरूको स्याहारका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोगसमेत जुटेको थियो । सहयोग जुटेको रकम ७ महिने नाबालक नकुल न्यौपानेको नाममा कृषि बिकास बैंक सुखडमा खाता खोली १ लाख २५ हजार रुपैयाँ जम्मा गरिएको पत्रकार महासंघ सुदुर पश्चिम प्रदेशकि उपाध्यक्ष चादँनी आचार्यले जानकारी दिइन । अरु केही उठेको रकम बैंकमा जम्मा गर्न बाकी रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *