दरबारमार्गको होटल अन्नपूर्णको मनपरीः एक घण्टा वाइफाइको १६० रुपैंया

बैशाख २, काठमाडौं । सार्वजनिक स्थल वा कुनै होटल रेष्टुरेन्टमा हुनुहुन्छ । अकस्मात तपाईलाई इन्टरनेट सँग जोडिनु पर्यो । के गर्नु हुन्छ ? 

स्वभाविक रुपमा पहिला त्यहाँ निःशुल्क वाईफाइ छ छैन हेर्नुहुन्छ । छ भने, कनेक्ट गर्ने कोशिष गर्नुहुन्छ । कनेक्ट भएन भने आफ्नो मोवाइलमा डाटा प्याक छ भने, त्यहि चलाउनु हुन्छ । होटल रेष्टुरेन्टमा भएको बेला तपाईले डाटा चलाईरहन पर्दैन । ती स्थानमा निःशुल्क वाईफाइ राखिएका हुन्छन् । तपाईले होटल रेष्टुरेण्टका वेटर र सहयोगी मार्फत वाईफाइको पासवर्ड मागेर मज्जाले इन्टरनेट चलाउन सक्नुहुन्छ । 

राजधानीको दरबारमार्ग स्वदेशी देखि विदेशी नागरिकको आकर्षणको केन्द्र हो । त्यहाँ रहेका हरेक रेष्टुरेन्ट, क्याफे तथा होटलले निःशुल्क वाइफाइ राखिदिएका छन् । तर, स्टार लेवलको अन्नपुर्ण होटलमा भने तपाईले वाइफाइ चलाएको छुट्टै पैसा तिर्नुपर्छ, त्योपनि संसारमै नभएको महँगो । 

null

हो, होटल अन्नपूर्ण भित्रको कफी सपमा तपाईले एक सय साठी रुपैंया तिरेपछि मात्र वाइफाइ चलाउन पाउनु हुन्छ । फेरी तपाई कफी सपमा गएर वाईफाइ मात्र चलाएर दिन कटाउँछु भनेर चैं पाउनु हुन्न है ! त्यहाँ गएपछि कफी, खाजा पनी त खानु पर्यो । सामान्यतय तपाईले होटल अन्नपूर्ण भित्रको कफी सपमा गएर एक घण्टा बस्नु भयो एक कप क्यापाचिनो खानुभयो र एक बोटल पानी मात्र लिनुभयो भनेपनी ८२१ रुपैंया तिर्नुपर्छ । 

 

होटल अन्नपूर्णले स्टार लेवलको ट्याग प्रयोग गर्दै ग्राहकलाई इन्टरनेटमा समेत मनपरी पैसा असुल गरेको छ । कफी सपमा आउने ग्राहकलाई होटलले एक सय साठी रुपैंया तिरेपछि मात्र वाईफाइ कनेक्ट गर्ने गरेको छ । 

साधारणतय हामी मासिक १४ सय भुक्तान गर्दा घर कार्यालयमा एक जनाले हैन १० जना सम्मले मज्जाले इन्टरनेट प्रयोग गर्न सक्छौं । तर, होटल अन्नपूर्णले एक जनालाई घण्टाकै एक सय साठी रुपैंया लिएर ग्राहकलाई लुटिरहेको छ । 

 

होटल अन्नपूर्णले कफी सपमा आउने ग्राहकका लागि वेभ सर्फरको इन्टरनेट मार्फत वाइफाइ उपलब्ध गराए पनी त्यो वाइफाइ काम नलाग्ने नै छ । फेसवुक चल्ला तर, युट्युव, इन्स्टाग्राम तथा इमेल चलाउनु पर्यो भने, वफरिङ भएर हैरान । 

तपाईहरु सोच्दै हुनुहुन्छ होला । पैसा हुने मात्र जाने होटलमा ग्राहकले जतिसुकै तिरेपनी के मतलब र ? त्यसो भन्दैमा होटलले सेवा दिइरहेको भन्दै ग्राहकलाई मनपरी पैसा उठाउन पाउँछ त ? स्टार लेवलको कफी सप हो भन्दैमा मनलाग्दी पैसा असुल्ने छुट छ त ? पक्कै छैन । होटलको स्ट्याण्डर्ड अनुसार कुरा गर्दा अन्नपूर्णले आफ्ना ग्राहकलाई फ्रि वाइफाइ दिन नसक्ने पनी हैन । 

होटलका कर्मचारी भने फाइभ स्टार होटल भएकोले वाइफाइको पैसा लिन जायज हुने बताउँछन् । ‘यो फाइभ स्टार होटल हो हजुर, त्यत्ति जावो एक सय साठीको के कुरा त्यो त साधारण भै हाल्यो नी ।’ होटलकी रिसेप्सनीष्ट निरुता खड्काले बताइन् । 

ग्राहकलाई सुविधा दिने, सेवा सत्कार गर्ने सवालमा होटल कमजोर छ । होटल रेष्टुरेन्टले १० प्रतिशत सर्भिस चार्ज लिन नपाउने ब्यवस्था छ । तर, शक्ति र पहुँच भएकाले चलाएको होटल अन्नपूर्णमा १० प्रतिशत सर्भिस चार्ज अझै छ । 

त्यत्ति मात्र हैन, २० रुपैंयामा पाइने एक लिटरको मिनरल वाटर होटल अन्नपुर्णको कफी सपमा २ सय पर्छ । त्यसमा पनी १३ प्रतिशत भ्याट नजोड्ने कुरै हुँदैन । ‘यो त अति नै भयो, नेटको पनी पैसा तिर्नुपर्ने, पानीको पनी २ सय, अन्नपूर्ण होटल हामी जस्ता सर्वसाधारणका लागि त हैन रैछ ।’ नयाँ बानेश्वरका ममता प्रधानले भनिन् । 

अन्नपूर्णको कफी सपका कतिपय खाद्य पदार्थको मुल्य फाइभ स्टार लेवल हैन सेभेन स्टार लेवलको भन्दा चर्को छ । 

अहिले दरबारमार्गमा सवारी पार्किङ अभाब छ । कार त हैन मोटरसाइकल समेत पार्किङ गर्ने स्थान छैन । यस्तोमा होटल अन्नपूर्णले अबैधरुपमा पार्किङ चलाएर लाखौं कमाइरहेको छ । होटलमा आउने ग्राहकलाई समेत पार्किङको पैसा उठाइरहेको होटलले बाहिरका समेत लाई पार्किङ गर्न दिने गरेको छ । तर, पार्किङ गरेवापत पैसा तिरेको रसिद समेत दिँदैन । 

होटलले मोटरसाइकलको प्रतिघण्टा २५ रुपैंया लिँदा कारको भने ७५ रुपैंया उठाउँछ । होटलका सुरक्षा गार्डले उठाउने उक्त पैसाको आधिकारिक नत विल दिन्छन् नै नत रेकर्ड नै राख्छन् । अन्नपूर्ण स्रोतका अनुसार होटलले दैनिक १५ देखि २० हजार त पार्किङ बाटै उठाउँदै आइरहेको छ । जसको हिसाब कतै राखिएको छैन । यसका अलावा होटलले नियमित पार्किङ गर्ने ग्राहकलाई वार्षिक ५० देखि ६० हजार लिएर डिलाइट पार्किङ उपलब्ध गराउँदै आएको छ । 

होटलको पार्किङ सेक्युरिटीका कृष्ण पराजुलीले होटलले पार्किङ शुल्क उठाउँदै आएको स्विकारे । उनले होटलको म्यानेजमेण्टकै निर्देशनमा गरुण सेक्युरिटीका रेक्युरिटी गार्डहरुले पार्किङ शुल्क उठाउँदै आएको बताए । 

‘पार्किङ शुल्क उठाइदै आइएको छ । हामीलाई होटलले चिट दिन्छ त्यहि चिटको आधारमा पैसा लिन्छौं, कतिपयले वार्षिक शुल्क तिरेर पनी पार्किङ गर्ने गरेका छन् ।’ उनले भने । पराजुलीले होटलले पार्किङको कर तिरेको नतिरेको आफुलाई थाहा नहुने जिकिर गरे । 

सेवामुलक ब्यवसायमा ग्राहकले सेवा अनुसारको भुक्तानी गर्नु अनौठो हैन । तर, सेवा दिएको भन्दैमा मनपरी शुल्क उठाउँनु जायज पनी त हैन । मासिक १४ सय पर्ने वाईफाइ राखेर एकजना ग्राहकबाट घण्टाको १६० उठाउनु कहाँको न्यायोचित हो ? २० रुपैंयाको प्युरिफाइड गरेको पानीलाई २ सय रुपैंया राख्न कत्तिको सुहाउँछ ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *