‘सरकारले निषेधको राजनीति गर्यो, अब चुप लाग्दैनौं’ डा. कोइराला

काभ्रे, १९ वैशाख । । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्र देखी वडा सम्म निषेधको राजनीति गरेर कांग्रेस सँग मुठभेड निम्त्याएको बताएका छन् ।  

 

नेपाली काग्रेस काभ्रे जिल्ला भुम्लु गाउँपालिकाद्वारा आयोजित आमसभालाई संवोधन गर्दै नेता डा. कोइरालाले आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनी सरकार दुई तिहाईको दम्भले अगाडी बढिरहेको समेत बताए । ‘नेपाली कांग्रेसले निषेधको राजनीति गरेको छैन र गर्दैन पनी, हामीले प्रतिपक्षमा रहेर सरकारलाई रचनात्माक सहयोग गर्न खोजपनि सरकारले निषेधको राजनीति गर्यो ।’ उनले भने ।  

null

डा. कोइरालाले सरकारको दम्भले सिमा नाघेको बताउँदै अब कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । ‘दुई तिहाईको सरकारले आफ्नो सिमा नाघेको छ, अब नेपाली कांग्रेस सरकारका गलत कृयाकलापमा चुप लागेर बस्दैन ।’ कम्युनिष्टहरुको ज्यादतीका बिरुद्ध लड्ने समय आएको बताउँदै कोइरालाले त्यसका लागी तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।  

डा. कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनी कम्युनिष्टका बिरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको समेत दावि गरे । पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा पनी शेखर कोइरालाको जोड थियो । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु प्रदिप पौडेल, बहादुरसिंह तामाङ्, शिब हुमागाँई र काभ्रे कांग्रेसका सभापती मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *