चार देशको राजदूतमा सिफारिस भएका विरुद्ध उजुरी आह्वान

मंसिर ५, काठमाडौँ । संसदीय सुनुवाई समितिले चार देशका लागि राजदूतमा सिफारिस भएकाहरु विरुद्ध उजुरी आह्वान गरेको छ । 

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले मलेसिया, भारत, इजरायल र युएईमा सिफारिस भएका राजदूतका सम्बन्धमा केही उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो । 

उजुरी प्राप्त भएमा छलफल गरी समितिले सिफारिस राजदूतहरुबारे निर्णय लिने प्रक्रिया सुरु गर्ने प्रावधान छ । 

null

गत कात्तिक २५ गते बसेको मन्त्रीपरिषदको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युएईका लागि सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *