चाडपर्वलाई लक्षित गर्दै एन आई सीले ल्यायाे सुविधायुक्त योजना

भाद्र १३, काठमाडाैँ ।  एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रिचार्ज तथा बोनस क्रेडिट योजना ल्याएको छ । 

विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा नेपालमा  रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको हो ।   

उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ । यो योजना अंग्रेजी महिनाको सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म दुई महिनाको लागि लागू हुनेछ ।  

यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहक महानुभावहरुले उच्चतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।   

यस बैंकले मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *